एसीसी एसिया कप : ओमानमाथि यूएईको सहज जित
काठमाडौँ । एसीसी एसिया कप क्रिकेटमा यूएईले पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा यूएईले ओमानलाई ४२ रनले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।
शेख जायद क्रिकेट मैदानमा यूएईले दिएको १७३ रनको लक्ष्य पछ्याएको ओमानले १८ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३० रन बनायो ।
ओमानका लागि आर्यान विस्टले सर्वाधिक २४ रनको योगदान गरे । त्यस्तै कप्तान जितेन्द्र सिंह र विकेट किपर विनायक शुक्लाले २०–२० रनको योगदान गरे ।
बलिङतर्फ यूएईका लागि जुनाइड सिद्धिकीले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २३ रन खर्चिए । त्यस्तै हइदर अली र मोहम्द जावाद उल्लाहले दुई दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।
यूएईका लागि कप्तान मोहमद असिम र अलिशान सराफुले अर्धशतकीय पारी खेले । ५४ बल खेलेका असिमले ६ चौका र ३ छक्काको सहयोगमा ६९ रन बनाए । यता ३८ बल खेलेका सर्फुले ७ चौका र १ छक्काको सहयोगमा ५१ रन बनाए ।
ओमानका लागि बलिङतर्फ जितेन्द्र कुमारले दुई विकेट लिँदा हश्निन शाह र समय श्रीवास्तवले एक एक विकेट लिए । जितसँगै यूएईले दुई खेलबाट २ अङ्क जोडेको छ । पराजित ओमानले प्रतियोगितामा जित निकाल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण