आफूलाई खानेपानी र श्रम मन्त्रालय प्रस्ताव गरिएको मेयर हर्कको दाबी
सारांश
- धरानका मेयर हर्क साम्पाङले आफूलाई खानेपानी तथा श्रम मन्त्रालयको प्रस्ताव आएको बताएका छन्।
- उनले प्रधानमन्त्रीको दाबी गरे पनि उनलाई मन्त्रालयको प्रस्ताव आएकोमा असन्तुष्टि जनाएका छन्।
- जेनजी आन्दोलनपछि साम्पाङले प्रधानमन्त्रीको दाबी गरेका थिए, तर सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि उनी धरान फर्किए।
काठमाडौँ । जेनजी आन्दोलनपछि राजनीतिक परिदृश्यमा आएको फेरबदलमा प्रधानमन्त्रीको दाबी गर्दै आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई खानेपानी तथा श्रम मन्त्रालय प्रस्ताव गरिएको बताएका छन् ।
साम्पाङले सामाजिक सञ्जालमार्फत सोमबार एक स्ट्याटस पोस्ट गर्दै खानेपानी तथा श्रम मन्त्रालय प्रस्ताव भएको जानकारी दिएका हुन् । उनले लेखेका छन्, “मैले दाबी गरेको प्रधानमन्त्री, उनीहरूले दिन चाहेको खानेपानी र श्रम मन्त्रालय ! पारा मिलेन ।”
गत भदौ २४ गते जेनजी आन्दोलनले तातिएको बेला एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकार पतन भएपछि साम्पाङले खुलेरै प्रधानमन्त्रीको दाबी गरेका थिए ।
गत शुक्रबार राष्ट्रपति रामचन्द्र पाैडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेपछि साम्पाङ धरान पर्किसेका छन् । हाल उनी यस घटनाप्रति सामाजिक सञ्जालमार्फत निरन्तर कडा प्रतिक्रिया दिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण