सुदन गुरुङको ‘हामी नेपाल’ संस्थाद्वारा तीन बुँदे दृष्टिकोण सार्वजनिक
सारांश
- जेनजी आन्दोलनको नेतृत्व गरिरहेको संस्थाले तीन बुँदे दृष्टिकोण सार्वजनिक गरेको छ।
- युवा सक्रियता, शान्तिपूर्ण अभिव्यक्ति र एकताको आवश्यकतामा जोड दिइएको छ।
- विपत्ति र सङ्कटको समयमा एकताबद्ध भएर देशले नयाँ बाटो खोज्नुपर्ने कुरा उल्लेख छ।
काठमाडौँ । जेनजी आन्दोलनको नेतृत्व गरिरहेका सुदन गुरुङको ‘हामी नेपाल’ नामक संस्थाले तीन बुँदे दृष्टिकोण सार्वजनिक गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संस्थाका तर्फबाट तीन बुँदे दृष्टिकोण सार्वजनिक गरिएकाे हो ।
संस्थाले जारी गरेको तीन बुँदे दृष्टिकोणमा युवाको सक्रियता, शान्तिपूर्ण अभिव्यक्ति र एकताको आवश्यकतामा जोड दिइएको छ ।
विज्ञप्तिमा पहिलो बुँदामा राष्ट्र निर्माणमा युवाको भूमिका अपरिहार्य रहेको उल्लेख गरिएको छ । दोस्रो बुँदामा शान्तिपूर्ण अभिव्यक्ति र आन्दोलनलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा स्वीकार गरिएको छ भने तेस्रो बुँदामा विपत्ति र सङ्कटको समयमा एकताबद्ध भएर मात्र देशले नयाँ बाटो खोज्न सक्ने उल्लेख गरिएको छ ।
संस्थाले हालको राजनीतिक परिस्थिति प्रतिहिंसात्मक नभई संवाद, सहकार्य र सहानुभूतिपूर्ण ढङ्गले समाधान खोज्नुपर्नेमा जोड दिएको छ । संस्थाले समग्र नेपाल र नेपालीको बृहत्तर हितका लागि आग्रह–पूर्वाग्रह छाडेर मुलुकको पुनर्निर्माणमा योगदान गर्न सबैलाई आह्वान समेत गरेको छ ।
यस्तै विज्ञप्तिमा हाल देखिएका आगजनी, सम्पत्ति ध्वंस, विश्वासघाती हस्तक्षेप र जनधनको क्षति जस्ता घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । यस्ता अमानवीय कार्यलाई केवल निन्दनीय मात्र नभई मानवता र सभ्य समाजमाथिको आक्रमणको संज्ञा दिँदै, यसले देशको सामाजिक सद्भाव, शान्ति र एकतालाई अपूरणीय क्षति पुर्याएको भन्दै गहिरो दुःख प्रकट गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण