निजामती कर्मचारी अस्पतालबाट ३६६ जना डिस्चार्ज
मङ्गलबार, ३१ भदौ २०८२, १० : ४१
सारांश
- निजामती कर्मचारी अस्पतालमा आन्दोलनका घाइतेमध्ये ३६६ जना उपचारपछि डिस्चार्ज भए ।
- अस्पतालमा आएका ४६१ घाइतेमध्ये ४४ जनालाई अन्यत्र रेफर गरिएको थियो, भने ५१ जना भर्ना भएका थिए ।
- भर्ना भएकामध्ये ९ जना अझै उपचाररत छन्, र ६ जनाको उपचारको क्रममा मृत्यु भयो।
काठमाडौँ । निजामती कर्मचारी अस्पतालबाट सामान्य उपचारपछि ३६६ जना घाइते डिस्चार्ज भएको विवरण सार्वजनिक भएको छ । अस्पतालले मंगलबार जारी गरेको सूचनाअनुसार आन्दोलनपछि अस्पतालमा ४६१ जना घाइते आएका थिए । त्यसमा ४४ जनालाई अन्य अस्पतालमा रेफर गरिएको र ५१ जना भर्ना भएको अस्पतालले जनाएको छ ।
यस्तै भर्ना भएकामध्ये ४२ जना डिस्चार्ज रहँदा अझैपनि ९ जना भर्ना भएर उपचाररत छन् । यसैगरी भर्ना भएकामध्ये कुल ५० जनाको शल्यक्रिया गरिँदा ११ जनाको पुनः शल्यक्रिया गर्नुपरेको समेत अस्पतालको सूचनामा उल्लेख छ ।
यस्तै सोही अस्पतालमा उपचारको क्रममा ६ जनाको मृत्यु समेत भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण