अपडेट
आगजनीबाट माओवादीको पुस्तकालय र माइन्युट सुरक्षित
मङ्गलबार, ३१ भदौ २०८२, १२ : २४
सारांश
- भदौ २४ गते जेनजीले गरेको आगजनीबाट माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा रहेको पुस्तकालय बचेको छ।
- आगजनी भएको एक हप्तापछि अध्यक्ष प्रचण्डले मंगलबार कार्यालय अवलोकन गर्दै पुस्तकालय र माइन्युट सुरक्षित रहेको बताए।
- प्रचण्डले आगजनीबाट मजदुर र वाइसीएललगायत भवनमा धेरै क्षति पुगेको बताए, तर पुस्तकालय र कम्प्युटर सुरक्षित रहेको जानकारी दिए।
काठमाडौँ । भदौ २४ गते जेनजीले गरेको आगजनीबाट नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयमा रहेको पुस्तकालय बचेको छ ।
प्रदर्शनकारीले आगजनी गरेको एक हप्तापछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार केन्द्रीय कार्यालय अवलोकनको क्रममा पुस्तकालय र माइन्युट बचेको जानकारी दिए । साथै कार्यालयका कम्प्युटर समेत सुरक्षित रहेको उनले बताए ।
‘आगजनीबाट मजदुर, वाइसीएल लगायत भवनमा धेरै क्षति भएको छ । पार्टीको माइन्युट बचेको छ । पुस्तकालय र कम्प्युटर सुरक्षित रहेछ । यसलाई बचाउन भूमिका खेल्न सम्पूर्ण कमरेडहरूलाई धन्यवाद दिन चाहन्छु ।
पार्टी कार्यालयमा क्षति भयो । पार्टी सदस्यहरूको सहयोगमा भव्य कार्यालय बनाउँछौँ’, कार्यालय अवलोकनपछि उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण