प्रधानमन्त्री कार्की र राष्ट्रियसभा अध्यक्ष दाहालबिच भेट
सारांश
- राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई दिए।
- भेटमा देशको समसामयिक राजनीतिक अवस्था र राष्ट्रिय सभाको कामकारबाहीबारे छलफल भयो।
- प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरता दिन राष्ट्रिय सभाको भूमिका महत्त्वपूर्ण हुने बताइन्।
काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई भेटेका हुन्।
दाहालको सचिवालयका अनुसार, भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको थियो। भेटमा अध्यक्ष दाहालले राष्ट्रियसभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित सङ्घीय संसद् भवन तथा सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा भएको क्षतिबारे प्रधानमन्त्रीलाई जानकारी गराए।
प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातिर लैजान राष्ट्रियसभाको महत्त्वपूर्ण भूमिका हुने बताएकी छिन्। उनले वर्तमान राष्ट्रिय सङ्कटलाई सही निकास दिन सबैले सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिएको राष्ट्रियसभा अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण