नवलपरासीका जनप्रतिनिधिको सातदिने अल्टिमेटम - आगजनी र तोडफोडमा संलग्नलाई कारबाही गर्नू
बुटवल । जेनजी आन्दोलनको मौका छोपेर पश्चिम नवलपरासीका सरकारी कार्यालय र निजी सम्पत्ति तोडफोडमा संलग्नलाई कारबाही गर्न नवलपरासीका जनप्रतिनिधिहरूले सातदिने अल्टिमेटम दिएका छ्न् ।
पूर्वमन्त्री हृदयेश त्रिपाठी, लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार र प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले आज संयुक्त पत्रकार सम्मेलन गरी प्रमुख जिल्ला अधिकारीलाई उजुरी दिएका हुन् ।
लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवारले आफ्नो घर जलाउनुपूर्व घरभित्र छिरेर लुटपाट गरिएको र त्यसपछि आगजनी गरिएको बताए ।
त्रिपाठीले घटनामा राजनीतिक दलका कार्यकर्ताहरू संलग्न भए राजनीतिक रूपमै हल गरिनुपर्ने अन्यथा आपराधिक क्रियाकलापमा संलग्न भएकाले प्रशासनले चाँडो निष्कर्ष निकालेर कारबाहीको दायरामा ल्याइनुपर्ने उनले माग गरे । प्रशासनले एक हप्ताभित्र कारबाही भएको महसुस नगरा जनतालाई आफूहरूले रोक्न नसक्ने उनले चेतावनी पनि दिए ।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आगजनी र तोडफोडमा संलग्नहरू तस्करी र आपराधिक क्रियाकलापमा संलग्न रहेकाहरू भएका आरोप लगाए । प्रशासनले एक हप्ताभित्र कानुनी कारबाही नगरे आफूहरूले फरक कदम चाल्नेसमेत उनले चेतावनी दिए ।
पश्चिम नवलपरासीमा भएका सरकारी कार्यालय र निजी सम्पत्तिमा आगजनी र तोडफोडमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन जनप्रतिनिधि र राजनीतिक दलहरू छलफलमा जुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
-
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस
-
सगरमाथा आरोहण गर्ने निलमको गुनासो, ‘ट्रान्स भएकै कारण स्पोन्सरले सिधै अस्वीकार गरे’
-
लैङ्गिक हिंसाविरुद्ध एकीकृत कानुन बन्दै, मानव बेचबिखन नियन्त्रण ऐन संशोधन हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण