गरिमा विकास बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सुरु
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ सेवा सुरु गरेको छ। बैंकले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ एप ‘गरिमा डिजि बटुवा’ मार्फत भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याएको हो।
बैंकका ग्राहकहरूले नजिकको शाखा कार्यालयमा गएर फारम भरेपछि यो सेवा आफ्नो मोबाइल बैंकिङ एपमा सुचारु गर्न सक्नेछन्। यो भर्चुअल कार्ड प्रयोग गरी ग्राहकले फोनपेको कुनै पनि क्युआर कोड र नेटवर्कमा सजिलै भुक्तानी गर्न सक्नेछन्।
न्यूनतम रु १०,००० देखि अधिकतम रु १,००,००० सम्मको क्रेडिट सीमा रहेको यो कार्ड प्रयोग गर्दा ग्राहकले अधिकतम ४५ दिनसम्म कुनै पनि ब्याज नलाग्ने गरी रकम उपभोग गर्न सक्नेछन्। साथै, हिसाब राफसाफ गर्दा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्प पनि उपलब्ध छ।
बैंकका अनुसार, भौतिक कार्डको सट्टा मोबाइल एपमा उपलब्ध हुने यो भर्चुअल कार्डले ग्राहकहरूलाई थप सुरक्षित र आधुनिक भुक्तानी अनुभव प्रदान गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण