फिल्म ‘जारी २’ कात्तिक ६ मा रिलिज हुने
बुधबार, ०१ असोज २०८२, १३ : ००
सारांश
- फिल्म 'जारी २' आगामी कात्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने भएको छ ।
- जेनजी आन्दोलनको कारण प्रचार प्रसारको लागि समय अपुग भएकाले फिल्मको रिलिज सारिएको हो ।
- उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगरको अभिनय रहेको छ।
काठमाडौँ । फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ आगामी कात्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने भएको छ । निर्माण युनिटले फिल्मको २ पोस्टर सार्वजनिक नयाँ प्रदर्शन मिति घोषणा गरेको हो ।
फिल्मको यसअघि असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा थियो । जेनजी आन्दोलनको कारण फिल्म सरेर कात्तिकमा पुगेको हो । जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय अपुग भएका कारण फिल्मको रिलिज पोष्टपोण्ड गरिएको निर्देशक उपेन्द्र सुब्बाले बताए ।
कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ,, विजय बराल लगायतको अभिनय छ । बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म रामबाबु गुरुङ र मधु मिजार, जीवन गुरुङ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण