जेनजी प्रदर्शनमा एसपीको बर्दी लगाउने युवक नियन्त्रणमा
बुधबार, ०१ असोज २०८२, १५ : ४६
सारांश
- पोखरामा जेनजी प्रदर्शनको क्रममा एसपीको बर्दी लगाएर हिँडेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लियो।
- पक्राउ पर्ने युवक रुकुम पूर्वका दिपेश शाही ठकुरी हुन्, जसलाई सार्वजनिक अपराध मुद्दामा अनुसन्धान भइरहेको छ।
- कास्कीका एसपी श्यामबावु ओलियाले जेनजी प्रदर्शनमा संलग्न कसैलाई पनि नियन्त्रणमा नलिएको बताए।
काठमाडौँ । जेनजी प्रदर्शनमा पोखरामा प्रहरी उपरीक्षक(एसपी) को बर्दी लएर सडकमा हिँड्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भदौ २४ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा आगजनी गरेपछि एक जना युवकले एसपी श्यामबावु ओलियाको बर्दी लगाएर हिँडेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
बर्दी लगाउने रुकुम पूर्व घर भएका दिपेश शाही ठकुरी हुन् । उनलाई नियन्त्रणमा लिएर प्रहरीले सार्वजनिक अपराध सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रशासन कार्यालय कास्कीका एक जना अधिकृतले रातोपाटीलाई बताए । तर, प्रहरीले अहिलेसम्म त्यसबारे औपचारिक जानकारी दिएको छैन ।
जेनजी प्रदर्शनमा संलग्न कसैलाई पनि नियन्त्रणमा नलिएको कास्कीका एसपी श्यामबावु ओलियाले दाबी गरे । उनले भने, ‘हामीले अपराध नियन्त्रणमा आफ्नो दैनिक काम सुरु गरेका छौँ तर, अन्य विषयमा कोही पनि पक्राउ परेका छैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण