पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द
सारांश
- सौराहाका होटलमा पर्यटकले बुकिङ रद्द गरेका छन्, जसले गर्दा पर्यटन व्यवसायमा असर परेको छ।
- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश प्रवाह भयो।
- अहिले सौराहामा होटलको क्षमताको तुलनामा पाँच प्रतिशत पनि पर्यटक छैनन्।
चितवन । यहाँको पर्यटकीय क्षेत्र सौराहाका होटलहरुमा पर्यटकले धमाधम बुकिङ रद्ध गरेका छन् । पर्यटकीय याममा समेत पर्यटकले बुकिङ् रद्द गरेका हुन् ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अन्तरराष्ट्रिय जगतमा नकारात्मक सन्देश प्रवाह हुँदा अधिकांश होटलका बुकिङ रद्द भएको जनाइएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष ओम पाण्डेले सेप्टेम्बरका लागि बुकिङ भएका होटल शत प्रतिशत रद्द भएको जानकारी दिए । उनका अनुसार आगामी महिनाहरुका लागि भएका बुकिङ पनि रद्द भइरहेको छ ।
‘यो महिनामा ६५ देखि ७० प्रतिशत होटलका कोठा बुकिङ् भएका थिए’, उनले भने– ‘अहिले एकरदुई वटा कोठामा मात्र पर्यटक छन् ।’
देशभर आन्दोलन चलिरहँदा पनि सौराहाका होटलहरुमा पर्यटक राम्रै सङ्ख्यामा थिए । तर उनीहरु गएपछि थप पर्यटक आएनन् । क्षेत्रीय होटल सङ्घ सौराहाका निवर्तमान अध्यक्ष दीपक भट्टराईले अन्तरराष्ट्रिय जगतमा नकारात्मक सन्देश प्रवाह भएकाले ट्राभल एजेन्सीमार्फत पर्यटकले सुरक्षित हुन नसकिने भन्दै दैनिक एक सय हाराहारीमा इमेल र म्यासेज पठाइरहेको बताए ।
उनका अनुसार अहिले सौराहामा होटलको क्षमताको तुलनामा पाँच प्रतिशत पनि पर्यटक छैनन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्नका लागि पर्यटक सौराहा आउने गर्दछन् । यो निकुञ्ज जङ्गल सफारीका लागि विश्वमै परिचित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकको सीईओलाई भविष्यसमा समेत अयोग्य ठहर हुनेगरी कारबाही गर्न हुँदैन : सांसद राणा
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
-
टेकुमा गोली चल्यो, एक जना घाइते
-
नेपालबिना भारत विश्वगुरु बन्न सक्दैन : राजकिशोर यादव
-
ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छाैँ : मन्त्री पटेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण