असोज ३ गते कालो दिवस मनाउन महतोको सर्कुलर
सारांश
- राष्ट्रिय मुक्ति पार्टी नेपालले असोज ३ गतेलाई कालो दिवसको रूपमा मनाउने निर्णय गरेको छ।
- पार्टी अध्यक्ष राजेन्द्र महतोले असोज ३ गतेको संविधान दिवसलाई आन्दोलन र अधिकारको धरोहरमाथिको प्रहारको रूपमा लिएका छन्।
- पार्टीले विरोधस्वरूप कालोपट्टी बाँधेर काम गर्न र विभिन्न विरोध कार्यक्रमहरू गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएको छ।
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालले असोज ३ गतेलाई कालो दिवसको रूपमा मनाउने निर्णय गरेको छ । सो पार्टीको कार्यकारिणी समितिको भर्चुअल बैठकले असोज ३ गते मनाइने संविधान दिवसलाई कालो दिनको रूपमा मनाउने निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र महतोले बताएका छन् ।
पार्टीका सम्पूर्ण जिल्ला अध्यक्ष र जिल्ला कार्यसमितिलाई आज सर्कुलर पठाउँदै अध्यक्ष महतोले असोज ३ गते आफूहरूको आन्दोलन, अधिकार र लोकतन्त्रको धरोहरमाथि ठुलो प्रहार गरिएको दाबी समेत गरेका छन् ।
सो दिन विरोधस्वरुप कालोपट्टी बाँधेर काम गर्न समेत उनले कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । साथै विरोधसभा, विचार गोष्ठी, सहिदप्रति श्रद्धाञ्जली लगायतका कार्यक्रम गर्न समेत सर्कुलरमा भनिएको छ । साथै स्थानीय स्तरमा युवा र विद्यार्थीहरूसँग ऐक्यबद्धता गरेर कार्यक्रम गर्न समेत अध्यक्ष महतोले सम्बन्धित कमिटीलाई निर्देशन दिएका छन् ।
२०७२ असोज ३ गते नयाँ संविधान जारी हुँदा मधेसवादी दलहरूले असन्तुष्टि जनाउँदै आन्दोलनमा गएका थिए । उनीहरूले पछिल्लो समय संविधान संशोधनको माग राख्दै आन्दोलन गर्दै आएका छन् । तर संविधान संशोधन भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण