मुख्यमन्त्री सिंहलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस
बिहीबार, ०२ असोज २०८२, १५ : ३९
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पार्टीबाट कारबाहीका लागि केन्द्रीय कार्यालयलाई सिफारिस गरिएको छ ।
मधेस प्रदेश जनमत पार्टी संसदीय दलका नेता महेश यादवले केन्द्रीय कार्यालयलाई कारबाहीका लागि सिफारिस गरेका हुन् ।
पार्टी तथा प्रदेशको संसदीय दलले मुख्यमन्त्रीबाट फिर्ता हुन पटक पटक भने पनि मुख्यमन्त्री सिंह फिर्ता नभएको भन्दै संसदीय दलका नेता यादवले बिहीबार अनुशासनको कारबाही गर्न केन्द्रीय सचिवालयलाई सिफारिस गरेका हुन् ।
मुख्यमन्त्री सिंहलाई पार्टीमा साधारण सदस्य समेत नरहने गरी कारबाहीका लागि सिफारिस गरिएको संसदीय दलका नेता यादवले बताए ।
उनले भने, ‘मुख्यमन्त्रीलाई फिर्ता आउन २४ घण्टाको समय दिएका थियौँ, त्यो समय हिजै सकिएको हो, तर उहाँ फिर्ता हुनुभएन अब पार्टीबाट नै कारबाही गर्ने गरी केन्द्रलाई सिफारिस गरेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण