‘वरिष्ठ बलराम’ कात्तिक ६ गते प्रदर्शन हुने
काठमाडौँ । दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहेको चलचित्र ‘वरिष्ठ बलराम’ कात्तिक ६ गते प्रदर्शन हुने भएको छ ।
निर्माण युनिटले दुई पोष्टर सार्वजनिक गर्दै कात्तिक ६ गते चलचित्र प्रदर्शन हुने जानकारी दिएको छ ।
दयाहाङ, विजय र समृद्धिसँगै फिल्ममा पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन् ।वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको फिल्ममा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेका छन् ।
सामाजिक कथावस्तुमा आधारित फिल्मको छायाङ्कन चितवनका विभिन्न स्थानमा गरिएको हो ।फिल्ममा मनकृष्ण महर्जनको छायाङ्कन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य छ ।
चलचित्र काठमाडौँ उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण