संविधान दिवसमा मोर्चाले कालोपट्टी बाँधेर विरोध कार्यक्रम गर्ने
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय सचिवालयको बैठकले संविधान दिवसमा कालोपट्टी बाँधेर विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ।
शिवजी यादवको अध्यक्षतामा बसेको बैठकले २०७२ असोज ३ गते जबरजस्ती संविधान जारी गरिएको भन्दै त्यस दिनलाई ‘कालो दिन’का रूपमा मनाउँदै आएकोमा यस वर्ष पनि विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो।
बैठकले जेनजी आन्दोलनलाई समर्थन गर्ने निर्णय गर्दै त्यसको भावनाअनुरूप सरकारले देशको विविधता र समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरेको छ। साथै, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र जनताको अधिकारलाई कमजोर बनाउने कुनै षड्यन्त्र भने स्वीकार नगर्ने चेतावनी दिएको छ।
त्यसै गरी, भाद्र २३ र २४ गतेको आन्दोलनमा अराजक तत्त्व घुसपैठ गरी विभिन्न राजनीतिक दलका कार्यालय, राष्ट्रपति भवन, व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका लगायतका प्रमुख संरचना, नेताहरूसहित व्यवसायीहरूको घर तथा व्यवसायमा तोडफोड र आगजनी गरेकोप्रति मोर्चाले गम्भीर ध्यानाकर्षण जनाएको छ।
मोर्चाले यस घटनाका दोषीलाई कडा कारबाही गर्न, क्षतिग्रस्त सम्पत्तिको यथोचित छानबिन गरी क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गर्ने निर्णय पनि गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण