शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
च्याम्पियन्स लिग

च्याम्पियन्स लिगः कोपनहेगन-लेभरकुसेन बराबरी, क्लब ब्रुगको शानदार जित

शुक्रबार, ०३ असोज २०८२, ०० : ३४
शुक्रबार, ०३ असोज २०८२

सारांश

  • यूईएफए च्याम्पियन्स लिग फुटबलमा लेभरकुसेन र कोपनहेगनले २-२ गोलको बराबरी खेले।
  • क्लब ब्रुगले मोनाकोलाई ४-१ गोलले पराजित गर्दै महत्त्वपूर्ण जित हासिल गर्‍यो।
  • खेलमा कोपनहेगनका जोर्डन लार्सन र रोबर्ट सिल्भाले गोल गरे भने ब्रुगका लागि ट्रेसोल्डी, ओन्येडिका, भानाकेन र दियाखोनले गोल गरे।

काठमाडौँ। बिहीबार राति सम्पन्न यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गतका खेलहरूमा जर्मन क्लब लेभरकुसेन र डेनमार्कको कोपनहेगनले बराबरी खेलेका छन् भने बेल्जियमको क्लब ब्रुगले फ्रान्सेली क्लब मोनाकोमाथि शानदार जित हात पारेको छ।

कोपनहेगन र लेभरकुसेनबीचको खेल २-२ गोलको बराबरीमा सकियो। खेलको नवौँ मिनेटमा जोर्डन लार्सनले कोपनहेगनलाई अग्रता दिलाए भने ८६औँ मिनेटमा रोबर्ट सिल्भाले दोस्रो गोल थपे। तर अन्तिमतिर लेभरकुसेनले शानदार पुनरागमन गर्दै ८२औँ मिनेटमा आलेखान्द्रो ग्रिमाल्डो र निर्धारित समयपछि थपिएको अतिरिक्त समायमा पान्टेलिस चात्जिदियाकोसको आत्मघाती गोलमार्फत बराबरीमा खेल सम्हाल्न सफल भयो।

त्यसैगरी अर्को खेलमा क्लब ब्रुगले मोनाकोलाई ४-१ ले हरायो। ब्रुगका लागि ३२औँ मिनेटमा निकोलो ट्रेसोल्डी, ३९औँ मिनेटमा राफाएल ओन्येडिका, ४२औँ मिनेटमा हान्स भानाकेन र ७५औँ मिनेटमा मामादु दियाखोनले गोल गरे। मोनाकोका लागि एकमात्र गोल एनसु फातिले गरे।

लेभरकुसेन र कोपनहेगन बराबरी एक-एक अङ्क बाढेका छन् भने ब्रुगले महत्त्वपूर्ण तीन अङ्क हात पारेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप