लगानीको वातावरण बिग्रँदै गएकोमा एफएनसीसीआईको चिन्ता, गम्भीर बन्न आग्रह
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण बिग्रन नदिनेतर्फ सबै सरोकारवालालाई गम्भीर हुन आग्रह गरेका छन् ।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा आगजनी तथा तोडफोड गरिएका बहुराष्ट्रिय कम्पनी एनसेल, चौधरी ग्रुपको सिजी पार्क र चन्द्रागिरि हिल्सको निरीक्षण गर्दै उनले यस्ता घटनाले लगानीको वातावरण बिग्रने अवस्था आएको भन्दै सरोकारवाला सबैलाई गम्भीर बन्न आग्रह गरेका हुन् ।
अध्यक्ष ढकालले जेएनजी आन्दोलनका क्रममा भएको घुसपैठले देशभरका निजी क्षेत्रका ठुला, मझौला तथा साना उद्योग र व्यक्तिको निजी सम्पत्तिमा आगजनी र तोडफोड भएको बताए । यसले दैनिक उत्पादन र रोजगारीमा समेत नकारात्मक असर पारेको उनको भनाइ छ ।
उनका अनुसार, यस्ता घटनाले नेपालमा विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्न दीर्घकालीन असर पार्छ । 'नेपालमा लगानीको वातावरण बिग्रिने अवस्था आएको छ,' अध्यक्ष ढकालले भने, 'यस्ता घटनाहरूले देशको आर्थिक विकासमा गम्भीर असर पार्छ । सरकार, राजनीतिक दलहरू र सरोकारवालाहरूलाई लगानीमैत्री वातावरण कायम गर्न आग्रह गर्दछु ।'
महासंघले नेपालमा वैदेशिक लगानी भित्र्याउन तथा आन्तरिक लगानी प्रवर्धन गर्न निरन्तर पहल गर्दै आएको भए पनि यस्ता घटनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा नकारात्मक सन्देश जाने उनको धारणा छ ।
ढकालले नेपालको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत भन्दा बढी योगदान दिने निजी क्षेत्रको लगानी संरक्षण र उद्योगी व्यवसायीको शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिए । यस घटनाले सरकारको राजस्व समेत गुम्ने अवस्था आएको उनको भनाइ छ ।
अध्यक्ष ढकालसँगै महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्य तथा केन्द्रीय सदस्यहरू शैलेन्द्र गुरागाईं, डा. राशरण थपलिया, पशुपतिदेव पाण्डे र कमला श्रेष्ठ लगायतले क्षतिग्रस्त संरचनाहरूको निरीक्षण गरी आगजनीबाट भएको क्षतिबारे जानकारी लिएका थिए ।
महासंघले यसअघि नै अर्थमन्त्री तथा गृहमन्त्रीसँग भेट गरी निजी क्षेत्रले शान्ति सुरक्षाको अनुभूति गर्न नसकेको भन्दै त्यसको प्रत्याभूति दिन, आन्दोलनका क्रममा निजी क्षेत्रको सम्पत्तिमाथि भएको आक्रमण, तोडफोड र आगजनीमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको थियो ।
महासंघले निजी क्षेत्रको संरक्षण, सुरक्षाको प्रत्याभूति र लगानीमैत्री वातावरण सुनिश्चित गर्न सबै सरोकारवाला पक्षलाई आग्रह गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण