ठेक्का तोड्ने तयारीबारे मन्त्री घिसिङले दिए प्रस्टोक्ति
सारांश
- ऊर्जा मन्त्री कुलमान घिसिङले जीर्ण बनेका विकास आयोजनाका ठेक्का तोड्नेबारे प्रस्ट पारे।
- मन्त्री घिसिङले काम नगर्ने निर्माण व्यवसायीसँगको ठेक्का तोडिने बताए, तर पूर्वाग्रही नहुने कुरामा जोड दिए।
- उनले निर्माण व्यवसायीलाई समय र गुणस्तरमा काम सम्पन्न गर्न र भ्रष्टाचार नियन्त्रणमा सहयोग गर्न आग्रह गरे।
काठमाडौँ । ऊर्जा,जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका विकास आयोजनाका ठेक्का नतोड्ने बताएका छन् ।
सरकारले चार सय भन्दा धेरै आयोजनाको ठेक्का तोड्ने तयारी गरेको विषयमा नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिले चासो देखाएपछि घिसिङले यस्तो प्रस्टोक्ति दिएका हुन् । आइतबार भएको भेटमा मन्त्री घिसिङ काम नगरेर वर्षौँसम्म आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का तोडिने प्रस्ट पारे ।
‘अनुमानित लागतभन्दा कम रकम कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृत्ति व्यापक छ, कम रकम कबोल गरेर ठेक्का लिएमा मेरो घरबार जान्छ, बैंक जमानत जफत हुन्छ, जरिवाना (पेनाल्टी) हुन्छ भन्ने डर नभएसम्म काम हुँदैन, ठेक्का सम्झौता गर्ने तर लामो समयदेखि काम नभई जीर्ण भएका आयोजना अब राख्न हुँदैन’ मन्त्री घिसिङले भने ।
उनले बजेट र आयोजना तयारी पूरा हुँदा पनि काम नभएकोबारे प्रश्न गर्दै भने– ‘म आफैँ पनि इन्जिनियर भएकाले सम्पूर्ण ठेक्का प्रक्रियाको पूर्ण जानकार छु, आयोजना तर्फबाट पनि गर्नुपर्ने काम गरे–नगरेको पनि त्यो पनि हेर्छौ, अन्यायपूर्वक कसैलाई कारबाही गर्दैनौँ । तर, जे गर्दा पनि हुन्छ भन्ने प्रवृतिलाई अन्त्य गर्नुपर्छ ।’
घिसिङले बजेट नै भएका आयोजना पनि निर्माण व्यवसायीले काम नगर्ने अवस्था देखिएको बताए । उनले आफूले लिएका आयोजना तोकिएको समय र गुणस्तरमा निर्माण सम्पन्न गरी नेपालका निर्माण व्यवसायी पनि सक्षम रहेको सन्देश दिन आग्रह गरे ।
निर्माण क्षेत्रमा अनियमितता र भ्रष्टाचार रहेकोबारे आम बुझाई रहेको भन्दै जेनजी आन्दोलनपछि गठन भएको अहिलेको सरकारको मुख्य उद्देश्य भ्रष्टाचार नियन्त्रण रहेकाले निर्माण व्यवसायी पनि भ्रष्टाचार निर्मूल गर्नेतर्फ लाग्नुपर्ने बताए । उनले देश विकासमा योगदान गर्ने निर्माण व्यवसायीप्रति आफ्नो सम्मान रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण