घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानव अधिकार आयोगको आग्रह
सारांश
- राष्ट्रिय मानव अधिकार आयोगले घृणाजन्य अभिव्यक्ति बन्द गर्न आग्रह गरेको छ।
- आयोगले यस्ता अभिव्यक्तिले समाजमा हिंसा बढाउने चेतावनी दिएको छ।
- आयोगले अभिव्यक्ति स्वतन्त्रतालाई मर्यादित बनाउन र मानव अधिकारको सम्मान गर्न आग्रह गरेको छ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले समाजका विभिन्न क्षेत्र, व्यक्ति, समूह र राजनीतिक दलका नेताहरूबाट आएका घृणाजन्य अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता अभिव्यक्ति तत्काल बन्द गर्न आग्रह गरेको छ।
आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा जेनजी आन्दोलनपछि नयाँ सरकार बनेको र निर्वाचन समेत घोषणा भएको अवस्थामासमेत घृणाजन्य अभिव्यक्ति सार्वजनिक भइरहनु चिन्ताजनक रहेको उल्लेख छ। आयोगका अनुसार यस्ता अभिव्यक्तिले समाजमा हिंसात्मक गतिविधिलाई प्रश्रय दिने खतरा बढाएको छ।
मानव अधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा विचार तथा अभिव्यक्ति स्वतन्त्रता नागरिकको आधारभूत अधिकार भए पनि यसलाई संयमित, मर्यादित र मानव अधिकारको मूल्य–मान्यताको परिधिभित्र रहेर प्रयोग गर्नुपर्ने बताएका छन्।
आयोगले अन्तर्राष्ट्रिय मानव अधिकार कानुन, नेपालको संविधान तथा मुलुकी अपराध संहितामा समेत अरुको मर्यादामा ठेस पुग्ने, गाली वा बेइज्जती गर्ने कार्यलाई दण्डनीय बनाइएको प्रावधान स्मरण गराएको छ।
आयोगले सम्बद्ध सबै पक्षलाई आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकारको सम्मान गर्न, घृणाजन्य अभिव्यक्ति नगर्न र वर्तमान राजनीतिक परिस्थितिमा संयमित भई उचित समाधान खोज्न आह्वान गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण