प्रधानमन्त्रीसँग विपिन जोशीको परिवारको भेट
काठमाडौँ । प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको परिवारले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर उनको रिहाइको लागि पहल गर्न आग्रह गरेका छन् ।
आइतबार सिंहदरबारमा प्रधानमन्त्रीलाई भेट्दै विपिनका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले निरन्तर पहल गर्न अनुरोध गरेका हुन् ।
यसअघिको सरकारले आश्वासन मात्र दिएको र कुनै नतिजा नआएकाले अबको सरकारप्रति ठुलो आशा रहेको आमा पद्माले बताइन् । विपिनकी बहिनी पुष्पाले अहिले प्रधानमन्त्री पदमा पनि एक महिला (आमा) नै भएकाले आफ्ना छोराछोरीको पीडा बुझ्ने विश्वास व्यक्त गरिन् ।
प्रधानमन्त्री कार्कीले विपिन जोशीको रिहाइको लागि पहल गर्ने आश्वासन दिएको पुष्पाले जानकारी दिइन् । विपिन जोशीलाई सकुशल नेपाल फर्काउन कुनै एक व्यक्ति वा संस्थाले मात्र नभई सबै मिलेर पहल गर्नुपर्ने उनको भनाइ थियो ।
यसअघि शनिबार हमासको सशस्त्र समूह कासम ब्रिगेडले विपिनसहित ४८ इजरायली बन्धकहरूको तस्बिर सार्वजनिक गरेको थियो, जसले परिवारमा थप चिन्ता बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण