राष्ट्रिय महिला टिमकी डिफेन्डर गीता रानाको सफल शल्यक्रिया
आइतबार, ०५ असोज २०८२, १७ : ४२
सारांश
- राष्ट्रिय महिला फुटबल टिमकी डिफेन्डर गीता रानाको काँधको शल्यक्रिया सफल भएको छ।
- अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्दा चोट लागेपछि उनी रिहाबिलिटेसनमा थिइन्।
- शल्यक्रियापछि उनको स्वास्थ्य सामान्य रहेको र उनी मैदानमा फर्कने तयारीमा छिन्।
काठमाडौँ । राष्ट्रिय महिला फुटबल टिमकी डिफेन्डर गीता रानाको दाहिने काँधमा सफल शल्यक्रिया गरिएको छ। अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्दा चोटग्रस्त बनेकी राना पुनःस्थापना (रिहाबिलिटेसन) प्रक्रियामा थिइन्।
तर पूर्ण रूपमा निको नहुँदा चिकित्सकको सल्लाहअनुसार शल्यक्रिया गर्नुपरेको हो। शल्यक्रियापछि उनको स्वास्थ्य स्थिति सामान्य रहेको र बिस्तारै मैदानमा फर्कने तयारी हुने जनाइएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण