बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बिस्तार

पत्रकार खरेल बने सञ्चारमन्त्री

आइतबार, ०५ असोज २०८२, २१ : १३
आइतबार, ०५ असोज २०८२

सारांश

  • जगदीश खरेल संचार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका छन्।
  • प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खरेललाई नियुक्त गरेका हुन्।
  • खरेल इमेज टिभीका समाचार प्रमुख थिए र उनले पत्रकारितामा स्नातकोत्तर गरेका छन्।

काठमाडौँ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रीमा जगदीश खरेल नियुक्त भएका छन् । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खरेललाई सञ्‍चारमन्त्रीमा नियुक्त गरेका हुन् ।

पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए । दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभूवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् । उनी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा विद्यावारिधी गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप