पर्वतमा पहिरोले छ घर भत्किए, दश घर उच्च जोखिममा
सारांश
- पर्वतको फलेवास नगरपालिकामा पहिरोले ६ घर पूर्ण रूपमा क्षति पुर्यायो, १० घर उच्च जोखिममा छन्।
- पहिरोका कारण मानवीय र पशुचौपायाको क्षति नभए पनि विस्थापित परिवारलाई विद्यालयमा राखिएको छ।
- विपद् व्यवस्थापन समितिले विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने जनाएको छ।
पर्वत । पर्वतको फलेवास नगरपालिका-८, ठानामौला खाल्टेमा गत शनिबार राति भएको भीषण वर्षाका कारण गएको पहिरोले छ वटा घर पूर्ण रूपमा भत्काएको छ भने दश घर उच्च जोखिममा छन्।
वडाध्यक्ष मनबहादुर कुँवरका अनुसार पहिरोले मीनबहादुर नेपाली, नन्दकुमारी भण्डारी, डिलबहादुर गुरुङ, अस्मिता सार्की, लक्ष्मी परियार र अर्को एक रित्तो घर तथा गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। पहिरो जानुअघि नै स्थानीयहरू सुरक्षित स्थानमा सरेकाले कुनै पनि मानवीय वा पशुचौपायाको क्षति भने भएको छैन। जमिनमा चिरा परेपछि उनीहरूले सावधानी अपनाएका थिए।
विस्थापित परिवारलाई नजिकैको जनज्योति माध्यमिक विद्यालयको खेल मैदानमा टेन्ट टाँगेर राखिएको जिल्ला प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए। जिल्ला विपद् व्यवस्थापन समिति, फलेवास नगरपालिकाका नगरप्रमुख गङ्गाधर तिवारी र उपप्रमुख शोभा क्षेत्रीसहितको टोलीले घटनास्थलको निरीक्षण गरेको छ। नगरप्रमुख तिवारीका अनुसार विस्थापित परिवारलाई अस्थायी बसोबासका लागि पाँचवटा टेन्ट उपलब्ध गराइएको छ।
विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्न र आवास निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पहल गरिने तिवारीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण