सामाजिक सुरक्षा परिचयपत्र नवीकरणकाे समयावधि बढ्याे
सोमबार, ०६ असोज २०८२, ११ : ५३
सारांश
- सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरणको म्याद असोज मसान्तसम्म बढाएको छ।
- यसअघि भदौ मसान्तभित्र नवीकरण गर्नुपर्ने व्यवस्थालाई संशोधन गरिएको हो।
- सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ मार्फत यस्तो व्यवस्था गरिएको छ।
काठमाडौँ । सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरणका लागि समयावधि बढाएको छ । यसअघि सामाजिक सुरक्षा परिचयपत्र भदौ मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरी समयावधि बढाएर असोज मसान्त कायम गरिएको हो ।
सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ मार्फत् सरकारले यस्तो व्यवस्था ल्याएको हो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।
‘सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम ९ को उपनियम (१) मा रहेका भदौ मसान्तभित्र भन्ने शब्दहरूको सट्टा असोज मसान्तभित्र भन्ने शब्दहरू राखिएका छन्, राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण