दाङका पाँच अतिरिक्त हुलाक कार्यालय बन्द
सारांश
- दाङका पाँचवटा अतिरिक्त हुलाक कार्यालयहरू बन्द भएका छन्।
- अतिरिक्त हुलाकको काम शून्य प्रायः भएपछि कर्मचारीको अवकाशपछि ती पद खारेज हुने व्यवस्था छ।
- कर्मचारीको अवधिभर काम गर्ने र अवकाशपछि पद खारेज गर्ने कानुनी व्यवस्था गरिएको छ।
दाङ । दाङका पाँचवटा अतिरिक्त हुलाक कार्यालयहरू बन्द भएका छन् । हुलाक निर्देशनालय दाङका अधिकृत शोभाराम बस्नेतका अनुसार तुलसीपुर–१३ को फूलबारी, तुलसीपुर–१८ बेलझुण्डी, तुलसीपुर–४ को हलवार, बबई गाउँपालिकाको पुरन्धारा, दङ्गीशरण गाउँपालिकाको गोल्टाकुरीमा रहेका अतिरिक्त हुलाक कार्यालयहरू बन्द भएका हुन् ।
पछिल्लो समय अतिरिक्त हुलाकको काम शून्य प्रायः छ । यसरी सेवाग्राही नहुँदा पनि अतिरिक्त हुलाक कार्यालयहरू बन्द हुने अवस्थामा आएको अधिकृत बस्नेतले बताए । ‘अतिरिक्त हुलाक कार्यालयको काम शून्य जस्तै छ, केही बैङ्कका चिठीहरूबाहेक अरू चिठी आउन छोडे’, उनले भने ।
अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरूको अवकाश भएपछि त्यो पद स्वतः खारेज हुने भएपछि यसरी अतिरिक्त हुलाक कार्यालयहरू बन्द भएका हुन् । कार्यालयहरू कामविहीन भएपछि बन्द गर्न थाले पनि विरोध भएपछि कर्मचारीको अवधिभर काम गर्ने र अवकाश भएपछि त्यो पद स्वतः खारेज हुने कानुनी व्यवस्था गरिएको छ ।
अतिरिक्त हुलाक कार्यालयहरूमा हुलाक प्रतिनिधि, वितरण, डाँक वाहकलगायतका पद थिए । उनीहरूले दैनिक कम्तीमा पनि दुई घण्टा काम गर्नुपर्ने हुन्थ्यो । हाल जिल्लामा २५ वटा हुलाक अतिरिक्त कार्यालयहरू भने चलिरहेका छन्भने इलाका हुलाक कार्यालयहरू पाँचवटा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण