नेपाली क्रिकेट टोली आज युएई जाँदै
सोमबार, ०६ असोज २०८२, १६ : १२
सारांश
- नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार युएई प्रस्थान गर्दैछ।
- युएईले भिसा अस्वीकार गरेपछि टोली केही दिन नेपालमै बस्न बाध्य भयो।
- नेपालले सेप्टेम्बर २७ देखि ३० सम्म युएईमा तीन टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ।
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आज (सोमबार) युएई प्रस्थान गर्ने भएको छ । नेपाली टोली इन्डिजसँग युनिटी कप टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्न त्यसतर्फ प्रस्थान गर्ने भएको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार टोली साँझ ७ः २५ बजे त्यसतर्फ प्रस्थान गर्नेछ ।
प्रतियोगिता खेल्न नेपाली टोली शुक्रबार युएई जाने कार्यक्रम तय भएको थियो । तर, युएईले भिसा दिन अस्वीकार गरेसँगै टोली केही दिन नेपालमा नै बस्न बाध्य भएको थियो ।
दुबइको शारजाह क्रिकेट स्टेडियममा नेपाली टोलीले सेप्टेम्बर २७ देखि ३० सम्म तीन टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण