अपडेट
सञ्चारमन्त्री खरेलले फर्काए मन्त्रालयको पहिलो निर्णयको प्रस्ताव
सोमबार, ०६ असोज २०८२, १६ : ४९
सारांश
- नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले काठमाडौं उपत्यकामा निःशुल्क वाइफाइ जडान गर्ने प्रस्तावमा हस्ताक्षर गर्न मानेनन्।
- मन्त्री खरेलले काठमाडौं उपत्यकाका सार्वजनिक स्थलमा वाइफाइ विस्तार गर्ने प्रस्ताव परिमार्जन गर्न निर्देशन दिए।
- उनले अब ५ वटै प्रदेशका मुख्य सहरहरूमा पनि वाइफाइ विस्तार गर्ने प्रस्ताव गर्न भनेका छन्।
काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना मन्त्री जगदीश खरेलले मन्त्रालयले तयार पारेको निर्णयमा हस्ताक्षर गर्न मानेनन् । मन्त्रालयले तयार पारेको काठमाडौँ उपत्यकाका सार्वजनिक स्थलमा निःशुल्क वाईफाइ सेवा उपलब्ध गराउने प्रस्ताव ल्याएको थियो ।
सोमबार पद तथा गोपनीयताको शपथलगत्तै मन्त्रालय पुगेर पदबहाली गरेपछि मन्त्री खरेलले पहिलो निर्णयका रूपमा २ महिनाभित्र काठमाडौँका सार्वजनिक स्थानहरूमा यो सेवा उपलब्ध गराउने प्रस्ताव मन्त्रालयका अधिकारीले ल्याएका थिए ।
मन्त्री खरेलले मन्त्रालयले तयार पारेको उक्त प्रस्तावमा परिमार्जन गर्दै आगामी ५ महिनाभित्र सातै प्रदेशका प्रमुख सहरका मुख्य स्थानमा पनि वाइफाई विस्तार गर्ने प्रस्ताव गर्न निर्देशन दिएका छन् । तर केहीबेरपछि निर्णय सच्याएर ल्याएपछि मन्त्री खरेलले निर्णयमा हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण