कप्तान इन्दुले वेस्टर्न वुमनको कप्तानी गर्ने
सोमबार, ०६ असोज २०८२, १७ : २३
सारांश
- नेपाली कप्तान इन्दु बर्माले मलेसियन सुपर वुमन सिरिजमा कप्तानी गर्ने भएकी छिन्।
- सावित्री धामी र रचनाकुमारी चौधरी पनि सिरिज खेल्ने टिममा परेका छन् ।
- यो सिरिज आगामी अक्टोबर २ देखि ८ सम्म मलेसियामा हुनेछ।
काठमाडौँ । मलेसियन सुपर वुमन सिरिजमा नेपालकी कप्तान इन्दु बर्माले कप्तानी गर्ने भएकी छन् । मलेसियन क्रिकेट सङ्घले सोमबार सार्वजनिक गरेको प्रतियोगिताको पहिलो टिममा नेपालका अन्य दुई खेलाडी पनि परेका छन् ।
वेस्टर्नबाट इन्दुसँगै सावित्री धामी र रचनाकुमारी चौधरीले पनि खेल्ने छन् । मलेसियाका कुल ४० खेलाडी र ७ आईसीसी एसोसिएट राष्ट्रका ३५ खेलाडीलाई मलेसियन सुपर वुमन सिरिज २०२५ का लागि ५ वटा टोलीमा विभाजन गरिएको छ ।
प्रतियोगितामा सेन्ट्रल सुपर गर्ल्स, इस्टर्न लायनेस, नर्थन क्विन्स, साउथर्न जागुअर्स र वेस्टर्न वन्डर वुमन छन् । सिरिज आगामी अक्टोबर २ देखि ८ सम्म मलेसियामा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण