मिथिलाञ्चलमा धुमधामसहित दुर्गा पूजाको कलशयात्रा सम्पन्न, तस्बिरहरू
सोमबार, ०६ असोज २०८२, १८ : ४७
जनकपुर । मिथिलाञ्चलभरि धुमधामसहित दुर्गा पूजाको कलशयात्रा सम्पन्न भएको छ।
बिहानैदेखि भक्तजनहरू परम्परागत ढोल पिप्ही अंग्रेजी बाजा,तथा सजिएको रथसहित मण्डप निस्किएका थिए।जनकपुरधामस्थित गंगासागर पोखरी, दुधमति नदी, मठीयानीको लक्ष्मीसर पोखरी तथा जलेश्वरको बरुणसर पोखरीबाट पूजाका लागि पवित्र जल सङ्कलन गरिएको थियो।
सो जललाई विशेष विधिपूर्वक कलशमा भरेर देवीको पूजा स्थलमा स्थापित गरियो। कलशयात्रामा महिला पुरुष,बालबालिका सबैको उत्साहपूर्ण सहभागिता थियाे ।
रङ्गीचङ्गी पोसाकमा सजिएका भक्तजन डम्फु–ढोलको तालमा नाचगान गरी युवायुवती र देवीको झाँकी समेत निकालिएको थियो ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण