स्पाइडर म्यान ४’ को सेटमा टम हल्यान्ड घाइते, अस्पताल भर्ना
न्युयोर्क । हलिउड अभिनेता तथा ‘स्पाइडर म्यान’ फेम टम हल्यान्ड छायाङ्कनका क्रममा घाइते भएका छन् ।
मिडिया रिपोर्टका अनुसार उनलाई स्टन्ट गर्दा टाउकोमा चोट लागेपछि अस्पताल भर्ना गरिएको थियो ।
‘द सन’ को रिपोर्ट अनुसार, टम हल्यान्ड न्युयोर्कमा 'स्पाइडर म्यान : अ ब्रान्ड न्यू डे' को छायाङ्कन गरिरहेका थिए । एउटा एक्सन स्टन्ट गलत भएपछि उनी लडेर टाउकोमा चोट लागेको थियो । यद्यपि, उनको चोट सामान्य रहेको तर डाक्टरले उनलाई केही दिन आराम गर्न सल्लाह दिएका छन् । अहिले उनको अवस्थामा सुधार आएको बताइएको छ । चोटका कारण उनले छायाङ्कनबाट केही समयको विश्राम लिएका छन् ।
'स्पाइडर म्यान' फ्रान्चाइजीबाहेक, टम हल्यान्डले 'अनचार्टेड' (२०२२) र 'चेरी' (२०२१) जस्ता चलचित्रमा पनि अभिनय गरेका छन् । 'स्पाइडर म्यान ४' जुलाई २०२६ मा रिलिज हुने अपेक्षा गरिएको छ ।
छायाङ्कन सुरु हुनुअघि, टम हल्यान्डले स्कटल्यान्ड जस्तो सुन्दर ठाउँमा छायाङ्कन गर्न पाउँदा आफू उत्साहित भएको बताएका थिए । यसअघिको फिल्म 'स्पाइडर म्यान : नो वे होम' पूरै स्टुडियोमा छायाङ्कन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण