मुस्ताङको बागवानी फार्ममा स्याउ ‘टिप्ने खाने’ मेला
सारांश
- मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा स्याउ टिप्ने खाने मेला आयोजना गरिएको छ।
- मेला असोज १ गतेदेखि एक हप्ताका लागि आयोजना गरिएको हो, जसले कृषि र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
- पर्यटकले २ सयको टिकट लिएर स्याउ टिप्न र खान पाउनेछन्, तर बोटलाई क्षति पुर्याएमा जरिवाना लाग्नेछ।
मुस्ताङ। यहाँको घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा स्याउ ‘टिप्ने खाने’ मेला आयोजना गरिएको छ । यहाँ असोज एक गतेदेखि एक हप्ताका लागि मेला आयोजना गरिएको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए ।
कृषि र पर्यटन प्रवर्द्धनका लागि केन्द्रले बगैँचामा पसेर स्याउ टिप्ने खाने मेला आयोजना गरेको उनले बताए। यहाँ गत वर्ष पनि यस्तै मेला आयोजना गरिएको थियो । असोज महिनाको पर्यटकीय यामलाई मध्यनजर गरी बर्सेनि यसप्रकारको स्याउ टिप्ने खाने मेला उत्सव सञ्चालन गर्न थालिएएको केन्द्र प्रमुख आत्रेयले बताए। “मुक्तिनाथको दर्शन तथा कागबेनीधाममा धार्मिक कर्म गर्न आउने भक्तजन तथा मुस्ताङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी यो मेला आयोजना गरिएको हो”, उनले भने, “यसपटक देशमा उत्पन्न विषम परिस्थितिका कारण पर्यटकको आगमन कम भएकाले विगतमा जस्तो रौनक छैन ।”
यहाँ स्याउ बगैँचामा केन्द्रले तोकेको नियमअनुसार पर्यटकले स्याउ टिप्ने र खाने सुविधा छ । त्यसका लागि पर्यटकले रु दुई सयको टिकट लिएपछि बगैँचामा जान पाइन्छ । विशेष सावधानी अपनाएर स्याउ टिप्नु पर्ने र बोटमा कुनै क्षति भएमा सम्बन्धित व्यक्तिले रु एक हजार जरिवाना तिर्नुपर्ने नियम तोकिएको केन्द्र प्रमुख आत्रेयले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण