एपोलो अस्पतालमा रविलक्ष्मीको उपचार सुरु
मङ्गलबार, ०७ असोज २०८२, १० : ३२
सारांश
- पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको भारतमा उपचार सुरु भएको छ।
- उहाँलाई एयर एम्बुलेन्समार्फत दिल्ली लगिएको थियो र एपोलो अस्पतालमा भर्ना गरिएको छ।
- गत भदौमा आगलागीमा घाइते भएपछि चित्रकारको देब्रे हात गुमेको थियो।
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल पत्नी रविलक्ष्मी चित्रकारको भारतमा उपचार सुरु भएको छ । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना गरेर उनको उपचार सुरु भएको पारिवारिक श्रोतले जनाएको छ ।
चित्रकारलाई सोमबार राति एयर एम्बुलेन्समार्फत दिल्ली लगिएको थियो । चित्रकारसँगै पूर्वप्रधानमन्त्री खनाल, उनका छोरा र सहयोगी पनि भारत गएका छन् ।
चित्रकारलाई सोमबार राति नै एपोलो अस्पतालमा भर्ना गरी उपचार सुरु भएको खनाल निकट स्रोतले जनाएको छ । भदौ जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते खनाल निवासमा भएको आगलागीमा परि रविलक्ष्मी गम्भीर घाइते बनेकी थिइन् ।
घाइते रविलक्ष्मीलाई केही दिन कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिएको थियो । उनको देब्रे हात गुमेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण