२ सय ३६ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ
मङ्गलबार, ०७ असोज २०८२, १२ : ०१
सारांश
- बारामा २ सय किलोभन्दा बढी गाँजासहित मिनिट्रक चालक पक्राउ परेका छन्।
- जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगन्जबाट प्रहरीले गाँजासहित चालकलाई पक्राउ गरेको हो।
- प्रहरीले मिनिट्रकको छतमा फल्स बटम बनाएर लुकाएको गाँजा फेला पारेको थियो, र अनुसन्धान जारी छ।
बारा । बारामा २ सय किलोभन्दा बढी गाँजासहित मिनिट्रक चालक पक्राउ परेका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगन्जबाट अवैध लागुऔषध गाँजा करिब २ सय ३६ किलो ७ सय ५० ग्राम सहित मकवानपुर कैलाश गाउँपालिका-१० बस्ने ३८ वर्षीय रमेश रूम्बालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले मकवानपुरबाट वीरगन्जतर्फ आउँदै गरेको बा.२ ख ९५६९ नम्बरको मिनिट्रक तलासी गर्दा छतमाथि सिलिङमा फल्स बटम बनाई त्रिपालले छोपी लुकाइछिपाई राखेको २८ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण