टोपबहादुर रायमाझी कारागार फर्किए
मङ्गलबार, ०७ असोज २०८२, १३ : ३१
सारांश
- पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागारमा फिर्ता भएका छन्।
- भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा उनी अदालतको आदेशले थुनामा परेका थिए।
- जेनजी प्रदर्शनको क्रममा भागेका रायमाझी सोमबार कारागार फर्किएका हुन्।
काठमाडौँ । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागारमा फिर्ता भएका छन् । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा केन्द्रीय कारागारबाट अन्य कैदीसँगै भागेका रायमाझी सोमबार कारागार फर्किएका हुन् ।
रायमाझी कारागारमा उपस्थित भएको केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईँले जानकारी दिए । उनले भने, ‘उहाँ हिजो फर्किनुभएको हो ।’
भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा रायमाझी अदालतको आदेशले थुनामा गएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण