सेयर बजारले गर्यो ‘नेगेटिभ सर्किट’को क्षतिपूर्ति, निर्जीवन बीमा क्षेत्र पनि उचालियो
काठमाडौँ । दुई दिनको उच्च वृद्धिपछि सेयर बजारले नकारात्मक सर्किटको क्षति पूरा गरेको छ । साताको दोस्रो कारोबार दिन अर्थात् मङ्गलबार बजार परिसूचक नेप्से ५८.६३ अङ्क बढेर २६८२.२५ विन्दुमा पुगेको छ ।
आइतबार सेयर बजारमा १११.७० अङ्कको वृद्धि भएको थियो । जबकि गत बिहीबार बजारमा नकारात्मक सर्किट लागेर परिसूचक १६०.३३ अङ्कले घटेको थियो ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। आइतबार ९ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज ५ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
यस दिन ८ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, एशियन हाइड्रोपावर र हिम स्टार उर्जा कम्पनीको शेयर १० प्रतिशतले बढेको हो । यस दिन सबैभन्दा धेरै घटेको प्रभु स्मार्ट फण्ड ४.३० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको ३८ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
त्यस्तै यूनिभर्सल पावर कम्पनीको करिब साढे १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम १८ करोड नाघेको छ ।
यस दिन सबै समूहको सूचक बढेका छन् । निर्जीवन बीमा समूहको सूचक सर्वाधिक ३.४८ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण