रविचन्द्रन अश्विन बने बीबीएल खेल्ने पहिलो भारतीय खेलाडी
काठमाडौँ । भारतीय अनुभवी स्पिनर रविचन्द्रन अश्विनले अस्ट्रेलियाको प्रतिष्ठित बिग बास लिग (बीबीएल) खेल्ने भएका छन् ।
उनी बीबीएल खेल्ने पहिलो भारतीय पुरुष खेलाडी बन्ने भएका हुन् । अश्विनले कुन टोलीबाट खेल्ने भन्ने टुङ्गो लाग्न बाँकी छ । तर केही दिनमा नै यसको घोषणा हुने बताइएको छ ।
३७ वर्षीय अश्विनले इन्डियन प्रिमियर लिग (आईपीएल) बाट संन्यास लिएपछि विदेशी लिग खेल्ने बाटो खुलेको हो । टेस्ट क्रिकेटमा भारतका लागि सर्वाधिक विकेट लिने दोस्रो खेलाडी अश्विनले बीबीएलमा आफ्नो स्पिनको जादु देखाउने अवसर पाएका छन् ।
उनले भारतका लागि ९४ टेस्टमा ४९० विकेट, ११३ एकदिवसीयमा १५१ विकेट र ६५ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा ७२ विकेट लिएका छन् ।
‘म बीबीएल खेल्न उत्साहित छु र नयाँ चुनौतीको सामना गर्न तयार छु । म अस्ट्रेलियाली दर्शकहरूको अगाडि खेल्न र बीबीएलमा आफ्नो योगदान दिन उत्सुक छु,’ अश्विनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण