पालिकाभित्रका संरचना निर्माण गर्न कोष स्थापना : जनप्रतिनिधि र कर्मचारीले ५ दिनको तलब र भत्ता राख्ने
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिकाले जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएका नगरभित्रका संरचना पुनर्निर्माण गर्न पुनर्निर्माण कोष स्थापना गरेको छ ।
उक्त कोषमा नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी गरी ६ सय जनाले ५ दिनको तलब र भत्ता राख्ने निर्णय मंगलबार बसेको कार्यपालिका बैठकले गरेको हो ।
नगर प्रमुख गजेन्द्र महर्जनले प्रहरी चौकी लगायत अन्य संरचना पुनर्निर्माणको लागि उक्त निर्णय गरेको बताए ।
उनले भने, ‘पुनर्निर्माणमा जुट्न म सबैलाई आग्रह गर्छु, सहयोगको अपेक्षा गर्छु । ’ पुनर्निर्माणलाई सहयोग गर्न उक्त कोषमा आफूले सकेको रकम जम्मा गरी सहयोग गर्न समेत उनले आव्हान गरे । नगरपालिकाले नगरभित्र तोडफोड भएका संरचनाको पुनर्निर्माणको काम सुरु गरी सकेको बताउँदै नगरले अहिलेको परिस्थितिमा संयमित हुन अनुरोध गरे ।
उनले भने,‘ वर्तमान परिस्थितिमा हामी सबै एक हुनुपर्छ, धैर्य गरौँ । ’ एनआइसी एसिया बैंकमा रहेको नगरको खाता नम्बर 41CA1497865524o2 मा रकम जम्मा गर्न सक्ने नगरपालिकाले जनाएको छ ।
यसैगरी इच्छुक व्यक्तिले नगरपालिकामा नै आएर पनि पुनर्निर्माण कोषमा रकम जम्मा गर्न सक्ने नगरले बताएको छ ।
बैठकले जेनजी प्रदर्शनको क्रममा निधन भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकसन्तप्त परिवारजनमा समवेदना अर्पण गरेको छ ।
त्यसैगरी गरी सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बैठकले भदौ २४ गते तोडफोड र आगजनी हुनबाट नगरपालिका भवन र वडा कार्यालयका भवनहरू जोगाउने स्थानीय लगायत सम्पूर्णप्रति धन्यवाद व्यक्त गरेको छ ।
जेनजी पुस्ताले भ्रष्टाचारको विरोधमा भदौ २३ गते प्रदर्शन गरेको थियो । प्रदर्शनमा तत्कालीन सरकारको चरम दमनपछि भदौ २४ गते सडकमा उत्रिएको भीडले सार्वजनिक संरचनाको तोडफोड र आगजनी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण