श्रीलङ्कामाथि पाकिस्तानको ५ विकेटको जित
सारांश
- एसिया कपको सुपर फोरमा पाकिस्तानले श्रीलङ्कालाई ५ विकेटले पराजित गर्यो।
- श्रीलङ्काले पहिले ब्याटिङ गर्दै १३३ रन मात्र बनायो, जसमा कामिन्दु मेन्डिसले ५० रन बनाए।
- पाकिस्तानले १८ ओभरमा १३८ रनको लक्ष्य पूरा गर्दै सुपर फोरमा आफ्नो स्थान बलियो बनायो।
काठमाडौँ । एसिया कपको सुपर फोर चरणमा पाकिस्तानले श्रीलङ्कामाथि ५ विकेटको जित दर्ता गरेको छ । १८ ओभरमै १३८ रनको लक्ष्य भेट्दै पाकिस्तान विजयी भएको हो ।
पहिले ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन मात्र बनाउन सक्यो । श्रीलङ्काका लागि कामिन्दु मेन्डिसले सर्वाधिक ५० रनको योगदान दिए । उनले ४४ बलमा पाँच चौका प्रहार गरेका थिए । उनी बाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा श्रीलङ्काको इनिङ कमजोर बन्यो । पाकिस्तानका बलर शाहिन शाह अफ्रिदीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए ।
१३४ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको पाकिस्तानले आक्रामक सुरुवात गर्यो । साहिबजादा फारहानले १५ बलमा २४ रन बनाए भने फखर जमनले १९ बलमा १७ रन जोडे । त्यसपछि हुसेन तलतले ३० बलमा ३२ रनको योगदान दिए । अन्त्यतिर मोहम्मद नवाजले आक्रामक ब्याटिङ गर्दै २४ बलमा नटआउट ३८ रन बनाएपछि पाकिस्तानले सजिलै लक्ष्य भेट्टाएको हो ।
१८ ओभरमै पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै पाकिस्तानले श्रीलङ्काविरुद्ध जित दर्ता गर्याे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण