जेनजी विद्रोहपछिको परिस्थितिबारे कार्यदिशा तय गर्न नेसपा (नयाँ शक्ति)काे केन्द्रीय समिति बैठक बस्दै
बुधबार, ०८ असोज २०८२, ०७ : ०८
सारांश
- काठमाडौंमा नेसपा (नयाँ शक्ति) को केन्द्रीय समितिको विशेष विस्तारित बैठक बस्दैछ।
- बैठकमा जेनजी विद्रोहपछिको राजनीतिक परिस्थिति र त्यसले ल्याएको चुनौतीबारे छलफल हुनेछ।
- पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विशेष राजनीतिक प्रस्ताव पेश गर्नेछन्।
काठमाडौँ । जेनजी विद्रोहपछि मुलुकमा उत्पन्न भएको नयाँ राजनीतिक परिस्थिति र त्यसले ल्याएको चुनौती तथा सम्भावनाबारे छलफल गर्न नेसपा (नयाँ शक्ति) केन्द्रीय समितिको विशेष विस्तारित बैठक आज काठमाडौँमा बस्दैछ।
दीपज्योति ब्यांङ्कीट, बौद्ध पिपलबोट नजिक आयोजना गरिएको यस बैठकमा जेनजे विद्रोह पछिको परिवर्तित सन्दर्भलाई विश्लेषण गर्दै पार्टी अध्यक्ष पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले विशेष राजनीतिक प्रस्ताव पेस गर्ने बताइएको छ।
बिहान १० बजे सुरु हुने बैठकमा पार्टीका शीर्ष नेतृत्व, केन्द्रीय सदस्यहरू, प्रदेश संयोजकहरू, जिल्ला संयोजकहरू लगायत आमन्त्रित प्रतिनिधि तथा विज्ञहरूको सहभागिता रहनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण