मलद्वारमा सुन लुकाएर ल्याएका भारतीय नागरिक पक्राउ
बुधबार, ०८ असोज २०८२, १२ : १२
सारांश
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
- इण्डिगो एयरको उडानबाट मुम्बईबाट काठमाडौँ आएका रोनक मदनीलाई भन्सार क्षेत्रमा शंका लागेपछि नियन्त्रणमा लिइएको थियो।
- उनको शरीरभित्र लुकाएर ल्याएको सुन जस्तो देखिने पदार्थ फेला परेको र थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । सुन जस्तो देखिने करिब ८ सय ३५ ग्रामको पदार्थसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थनलको आगमन भन्सार एरीयाबाट ४८ वर्षीय रोनक मदनी मंगलबार दिउँसो पक्राउ परेका हुन् ।
ईण्डिगो एयरको उडानद्वारा मुम्बईबाट काठमाडौँ आएका उनलाई आगमन भन्सार एरीयामा चेकजाँच पश्चात उक्त स्थानमा खटिएको प्रहरीले शंका लागि नियन्त्रणमा लिएको थियो । केएमसी अस्पतालमा लगेर भिडियो एक्सरे गर्दा मलद्वारबाट ३ वटा डल्लामा रहेको उक्त परिमाणको पदार्थ फेला परेको प्रहरीको भनाई छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण