क्यान्टिनबाटै राजस्व सङ्कलन सुरु
सारांश
- हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयको भवन आगजनीबाट जलेपछि क्यान्टिनमा कार्यालय सञ्चालन गरिएको छ।
- कार्यालय प्रमुखका अनुसार, राजस्व सङ्कलन सेवा क्यान्टिनबाटै सुरु गरिएको छ।
- भदौ २४ गते प्रदर्शनका क्रममा कार्यालयमा आगजनी हुँदा १५ करोड बराबरको क्षति भएको छ।
हेटौँडा । जेनजी प्रदर्शनका क्रममा आगजनीबाट कार्यालय भवन जलेपछि हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले क्यान्टिनमा टेबुल कुर्सी व्यवस्थापन गरी कार्यालय सञ्चालन गरेको छ ।
क्यान्टिनबाटै राजस्व सङ्कलन सेवा सुरु गरिएको कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले जानकारी दिए । ‘कार्यालय क्षतिग्रस्त भएर कामै नलाग्ने भएपछि कहीँबाट भए पनि सेवा त सुरु गर्नुपर्यो’, प्रमुख सुवेदीले भने, ‘त्यसैले क्यान्टिन सफा गरेर राजस्व सङ्कलन सुरु गरेका छौँ ।’ अन्य सेवा कसरी सञ्चालन गर्ने भवनको खोजी गरिरहेको उनको भनाइ छ ।
प्रदर्शनका क्रममा भदौ २४ गते कार्यालयमा रहेको दुई वटा गाडी, दुई वटा मोटरसाइकल, करिब १५ करोड स्टिकर, कम्प्युटर, प्रिन्टर, डिजिटल डिस्प्ले, कुर्सी, दराज, टेबललगायतका सम्पूर्ण सामान जलेको प्रमुख सुवेदीले बताए । क्षति विवरण सङ्कलन भइरहेकाले कति मूल्य बराबरको क्षति भएको यकिन भई सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण