बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पार्टीको सबै तहमा २५ प्रतिशत जेनजी प्रतिनिधित्व सुनिश्चित गर्न माग

बुधबार, ०८ असोज २०८२, १४ : १४
बुधबार, ०८ असोज २०८२

सारांश

  • माओवादी केन्द्र निकट युवा समूहले पार्टीका सबै तहमा २५ प्रतिशत प्रतिनिधित्वको माग गरेको छ।
  • युवा समूहले अध्यक्ष प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै जेनजी प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका हुन्।
  • पार्टी पुनर्गठनका लागि प्रचण्डले मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट (१२–२८) युवा समूहले पार्टीका सबै सहमा २५ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै उनीहरूले जेनजी प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका हुन् ।

‘पार्टीका सबै तह (केन्द्रीय, प्रदेश, जिल्ला, स्थानीय समिति) मा कम्तीमा २५ प्रतिशत पदहरूमा जेनजी पुस्तालाई प्रतिनिधित्व यस मागको आधार जनसङ्ख्यागत सन्तुलन : हाल नेपालको ठुलो हिस्सा युवाहरू जेनजीमा छ, तिनीहरूको आवाज संरचनागत तहमा प्रतिबिम्बित हुनुपर्छ । राजनीतिक उत्तराधिकार र नवीन सोच: पुराना पुस्ताको अनुभवसँगै नयाँ पुस्ताको ऊर्जा, प्रविधि (दक्षता र नयाँपन) को संयोजनले मात्र पार्टी दीर्घकालीन रूपमा जीवन्त रहन सक्छ’, ज्ञापनपत्रमा लेखिएको छ ।

भदौ २३ र २४ गते जेनजीको विद्रोहका कारण अहिले सबै पार्टीमा नेतृत्वमाथि पुनर्गठनको दबाब परेको छ । पार्टी पुनर्गठनका लागि अध्यक्ष प्रचण्डले मौजुदा केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । बिहीबार बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न अहिले माओवादीको स्थायी समिति बैठक बसिरहेको छ । 

badc4b05-5ef4-4558-9a19-c9c395c20e1e

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप