दसैँमा काठमाडौँको फोहोर सङ्कलन नहुने
बुधबार, ०८ असोज २०८२, १४ : ४८
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दसैँमा फोहोर सङ्कलन नगर्ने भएको छ ।
नेपालीहरूको महान् चाड बडादसैँका अवसरमा फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीहरू समेत आफ्नो घर जाने तथा अन्तिम विसर्जन स्थलसमेत बन्द रहने भएकाले काठमाडौँ महानगरपालिकाले असोज १४, १५ र १६ गते (अक्टोबर १, २ र ३) फोहोरमैला सङ्कलन नहुने जानकारी गराएको हो ।
महानगरपालिकाले एक सूचना जारी गर्दै उक्त तीन दिन नागरिकहरूलाई आफ्नो घरबाट उत्सर्जन हुने फोहोरमैलालाई स्रोतमै पृथकीकरण गरी सुरक्षित तवरले राख्न विशेष आग्रह गरेको छ ।
यस अवधिमा जथाभावी सडकमा वा सार्वजनिक स्थानहरूमा फोहोर नफाल्न समेत महानगरले अनुरोध गरेको छ ।
असोज १७ गते (अक्टोबर ४) बाट भने नियमित रूपमा फोहोरमैला सङ्कलन गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण