२७.८९ अंकले घट्यो सेयर बजार, ४ अर्ब १२ करोड रुपैयाँको कारोबार
सारांश
- बुधबार सेयर बजारमा उच्च गिरावट आई नेप्से परिसूचक २७.८९ अंकले घटेको छ।
- बजारमा ५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य घटेको छ।
- युनियन हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ, र होटल तथा पर्यटन समूह बढेको छ।
काठमाडौँ। बुधबार सेयर बजारमा उच्च गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.८९ अंकले घटेर २६५४.३५ विन्दुमा झरेको हो । यो दिन ५३ कम्पनीको सेयर मूल्य बढ्दा १९३ कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बजारमा ३१७ कम्पनीको ९४ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज बजारमा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । माथिल्लो मैलुन खोला, सीटी होटल र हिमस्टार ऊर्जाको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
बजारमा धेरै कारोबार युनियन हाइड्रोपावरको भएको छ । युनियनको २२ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल रिइन्स्योरेन्सको १७ करोड, हिमालयन रिइन्स्योरेन्सको १३ करोड, सीईडीबी होल्डिङ्सको १२ करोड र शिवम् सिमेन्टको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा होटल तथा पर्यटन समूह ०.८५ प्रतिशतले बढ्नु बाहेक सबै समूहका सूचक घटेका छन् । अन्य समूह सबैभन्दा धेरै २.१६ प्रतिशतले घटेको छ । बैंकिङ ०.७३, विकास बैंक १.१३, हाइड्रोपावर ०.९६, लगानी १.९०, जीवन बिमा ०.५२, उत्पादन तथा प्रशोधन ०.११, माइक्रोफाइनान्स ०.८४, निर्जीवन बिमा १.५१ तथा व्यापार समूह १.६५ प्रतिशतले घटेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण