मुलुकमा स्थिरता, सहमति र सहकार्यको वातावरण सिर्जना गर्न अपिल
काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी पुस्ताको नेतृत्वमा भएको ऐतिहासिक आन्दोलनको अवसरमा नेताहरूले अपिल जारी गरेका छन् । नेताहरूले जनताले गरेको बलिदान र योगदानलाई स्मरण गर्दै मुलुकमा स्थिरता, सहमति र सहकार्यको वातावरण सिर्जना गर्न सरकार र राजनीतिक दलहरूलाई अपिल गरिएको छ ।
अपिलमा भनिएको छ, “जेनजी आन्दोलनले देशलाई ठुलो योगदान दिएको छ । यस आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै हामी सबैलाई सहकार्य र एकताको बाटोमा अघि बढ्नुपर्ने आवश्यकता छ।”
नेताहरूले हालको राजनीतिक अनिश्चितता, अविश्वास र गुटबन्दीले मुलुकलाई सङ्कटमा पारेको उल्लेख गर्दै सबै राजनीतिक दल र नेतृत्वलाई संवाद र सहमतिबाट समाधान खोज्न आह्वान गरेका छन्। अपिलमा संविधान संशोधन, लोकतान्त्रिक मूल्य र प्रणालीलाई मजबुत पार्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र जनतामा आशा जगाउने निर्णय गर्नुपर्नेमा जोड दिइएको छ ।
“आन्दोलनका सहिदहरूको बलिदानलाई व्यर्थ हुन नदिन, गुटबन्दी र विभाजन अन्त्य गर्न र मुलुकलाई निकास दिन सबै पक्ष गम्भीर बन्नुपर्ने छ,” अपिलमा भनिएको छ ।
यस अपिलमा विभिन्न दलका नेताहरूको हस्ताक्षर छ जसले जेनजी आन्दोलनको भावनालाई पुनः जीवित राख्दै मुलुकको राजनीतिक सङ्कट समाधानका लागि सहमति र सहकार्यको आवश्यकता दोहोर्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण