सुरज र दीपिकाको स्वरमा 'त्रिशूली मायाको' सार्वजनिक
सारांश
- गायक सुरज श्रेष्ठ र गायिका दीपिका व्याम्बु मगरको स्वरमा गीत 'त्रिशूली मायाको' सार्वजनिक भएको छ।
- गीतमा प्रह्लाद सुवेदीको शब्द र संगीत रहेको छ, जसमा लोक र आधुनिक शैलीको मिश्रण छ।
- रमेश सेञ्चुरीको एरेन्ज रहेको भिडियोमा सुधीर श्रेष्ठ र उषा उप्रेतीको अभिनय रहेको छ।
काठमाडौँ । गायक सुरज श्रेष्ठ र गायिका दीपिका व्याम्बु मगरको स्वर रहेको गीति भिडियो 'त्रिशूली मायाको' सार्वजनिक भएको छ । गीतमा शब्द प्रह्लाद सुवेदीको शब्द तथा सङ्गीत सुन्न सकिन्छ ।
समकालीन लोक–दोहोरीमा लक्षणा र अभिव्यञ्जनापूर्ण शब्द लेख्न खप्पिस गीतकार सुवेदीले यो गीतमा पनि लोक र आधुनिकको फ्युजन गराएका छन् । आधुनिक जनरामा रमाइरहेका गायक श्रेष्ठ भन्छन्, ‘मेरा लागि यो अलिक फरक जनरा हो तर यो कम्पोजिसन मीठो लागेर आवाज दिएको छु।’
रमेश सेञ्चुरीको एरेन्ज रहेको गीतको भिडियोमा सुधीर श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन् । सुधीरले उषा फकाउन अभिव्यक्त गरेको प्रस्तुतिलाई भिडियोमा निर्देशक शान थापाले रोमान्टिक ढङ्गले प्रस्तुत गरेका छन् । बाल कलाकार अर्चीता गौतमलाई पनि भिडियोमा देख्न सकिन्छ ।
गीतमा समावेश शब्द र दृश्यले प्रेम भाव बोलेका छन् । राजीव समरको कोरियोग्राफी रहेको भिडियोमा सम्पादन तता छायाङ्कन पवन सुस्लिङको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
-
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
-
रुसद्वारा युक्रेनमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार, कम्तीमा आठ जनाको मृत्यु
-
इराकमा भएको इरानी आक्रमणमा एक अमेरिकी सैनिकको मृत्यु
-
अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण