केन्द्रीय कारागारबाट भागेका २० जना कैदीबन्दी भक्तपुरबाट पक्राउ
बिहीबार, ०९ असोज २०८२, १३ : ४१
सारांश
- सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका २० जना कैदीबन्दीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ।
- भक्तपुरमा १ महिला र १९ पुरुष कैदीबन्दी पक्राउ परेका हुन्।
- पक्राउ परेकाहरूलाई प्रहरीले केन्द्रीय कारागारमा बुझाएको छ।
काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका २० जना कैदीबन्दीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ ।
भक्तपुरको विभिन्न ठाउँबाट १ महिला र १९ जना पुरुष कैदीबन्दीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए ।
पक्राउ परेकाहरूलाई प्रहरीले केन्द्रीय कारागारमा बुझाएको छ । डीएसपी नेउपाने भन्छन्– ‘पक्राउ परेकाहरूलाई हामीले कारागारमा जिम्मा लगाएका छौँ ।’
प्रदर्शन नियन्त्रण बाहिर गएपछि उनीहरू भदौ २४ मा जेलबाट निस्केर भागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण