धनुषामा १८ पालिकाको खाता अझै सञ्चालनमा आएन
सारांश
- धनुषाका १८ पालिकाको खाता सञ्चालन नहुँदा आर्थिक कारोबार ठप्प भएको छ, जसबाट कर्मचारीहरू प्रभावित भएका छन्।
- कोष तथा लेखा नियन्त्रकका अनुसार, स्थानीय तहले नगरसभा वा गाउँसभा नगर्दा र बजेट पारित नगर्दा खाता सञ्चालन हुन सकेको छैन।
- अधिकांश पालिकाले आर्थिक वर्ष २०८२/८३ को बजेट संघीय मामिला मन्त्रालयमा पेश नगरेको कारण विकास निर्माणका कार्यहरू प्रभावित भएका छन्।
जनकपुरधाम । धनुषाका जिल्लाका १८ पालिकाको खाता सञ्चालनमा नआउँदा आर्थिक कारोबार ठप्प भएको छ । यसबाट विशेष गरेर कर्मचारी समस्यामा परेका छन् ।
कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार जिल्लाका एक उपमहानगरपालिका, ११ नगरपालिका तथा छ गाउँपालिकाको खाता सञ्चालनमा नआएको हो । चालु आर्थिक वर्ष बितेको दुई महिना भए पनि स्थानीय तहको खाता नखुल्दा कर्मचारीले तलब सुविधादेखि विकास निमार्णको कार्यसमेत ठप्प भएको छ ।
साथै बजेट खर्चसम्बन्धी आर्थिक कारोबार नभएको सो कार्यालयले जनाएको छ । स्थानीय तहको खाता सञ्चालनका लागि नगरसभा वा गाउँसभा सम्पन्न गर्नुपर्ने, आर्थिक र विनियोजन विधेयक पारित गर्नुपर्ने, चालु वर्षको बजेट पारित गर्नुपर्ने तथा अघिल्लो वर्षको खर्चको हिसाब बुझाएर मात्र खाता मिलाउनुपर्नै कानुनी प्रावधान रहेको सो कार्यालयले जनाएको छ ।
धनुषाका अधिकांश स्थानीय पालिकाले ती प्रक्रिया पूरा नगरेकोले खाता बन्द रहेको छ । सो कार्यालयका अनुसारले १८ पालिकामध्ये १० पालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटसमेत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायत सम्बन्धित निकायमा पेस नगरेको बताइएको छ ।
खाता सञ्चालनमा नआउँदा स्थानीय विकास निमार्णका योजना सञ्चालन गर्न समेत समस्या भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
-
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
-
रुसद्वारा युक्रेनमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार, कम्तीमा आठ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण