भूमि आयोग किन खारेज गरियो ? यस्तो छ सरकारको दुई तर्क
शुक्रबार, १० असोज २०८२, १४ : ००
सारांश
- सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ।
- सरकारका अनुसार, आयोगको संरचना ठुलो र भद्दा थियो, र सरकारलाई भूमि वितरणको म्यान्डेट थिएन।
- मन्त्रिपरिषद्को निर्णयले आयोग खारेज भएको र यसको कारणबारे व्याख्या गरेको छ।
काठमाडौँ । सरकारले भूमि समस्या समाधान आयोग खारेन गर्ने निर्णय गर्यो । गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णय भए पनि अहिलेसम्म आयोग किन खारेज गरियो भनेर केही उल्लेख गरेको थिएन ।
अहिले भने सरकारले आफूले गरेका निर्णयको कारण र कार्यान्वयन कसरी हुन्छ भन्ने सम्बन्धमा व्याख्या गरेको छ । यस अन्तर्गत भूमि आयोग खारेज गर्नुको दुईवटा कारण उल्लेख गरिएको छ ।
भूमि आयोगको विद्यमान संरचना अनावश्यक रूपमा ठुलो र भद्दा रहेको सरकारको पहिलो तर्क छ । त्यस्तै, यो सरकारलाई भूमि वितरणको म्यान्डेट नरहेको सरकारको दोस्रो तर्क छ ।
यो मन्त्रिपरिषद् निर्णयले यसको गठन आदेश स्वीकृत भई स्थापना भएको हुँदा नेपाल सरकारले नै खारेजी गर्ने निर्णय गरेकोले खारेज भएको सरकारको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
-
धौलागिरि प्रादेशिक अस्पतालमा डायलिसिस गर्न पालो कुर्नु नपर्ने
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण