सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–२०८२ जारी
काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–२०८२ जारी गरेको छ ।
प्राधिकरणले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड नै जारी गरिएको जनाएको हो ।
सहकारी दर्ताका लागि छुट्टै दर्ता अभिलेखीकरण सफ्टवेयर निर्माण भई लन्च गर्ने तयारी भइरहेको र २०८२ असोज महिनाभित्रै दर्ता प्रक्रिया थालनी गरिने प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले जानकारी दिए ।
अभिलेखीकरण भएपछि विद्युतीय प्रणालीमार्फत नै सञ्चालन इजाजतपत्र जारी गरिने उनले बताए ।
प्राधिकरणबाट इजाजत प्राप्त भएपछि सहकारी संस्थाले प्रत्येक वर्षको श्रावण मसान्तभित्र नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको शर्माले जानकारी दिए ।
त्यस्तै प्राधिकरणले सहकारी संस्थाहरूको नियमाकीय परीक्षण गर्नका लागि नेपाल चार्टड एकाउन्टेन्टस् संस्थासँग समझदारी गरेको छ ।
सहकारी संस्थाहरूको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउन नेपाल चार्टड एकाउन्टेन्टस् संस्थासँग सहकार्य गरिएको अध्यक्ष शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण